#करेन्ट

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २७ भदौ/ पोखराको लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ भण्डारढिक घर भई हाल पोखरा–५ मालेपाटनस्थित विद्युत् वितरण केन्द्रमा ज्यालादारीमा काम गर्दै आएका ३४ वर्षीय सन्तोष केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरा–६ लेकसाइडमा बिजुलीको पोलमा काम गर्ने क्रममा केसीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलबाट खसेर घाइते भएका थिए। घाइते केसीलाई तत्काल उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । केसीलाई… पुरा पढौ

करेन्ट लागेर बागलुङमा एक जनाको मृत्यु

करेन्ट
बागलुङ, १ मसिर/ बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजविर नेपाली रहेका छन् । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा करेन्ट लागेर महिलाको मृत्यु

मेनुका बस्नेत थापा
पोखरा, २५ साउन/ पोखरा महानगरपालिका १८ सराङकोट गोठादीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो । उनले कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक छोरा ११ बर्षिय र छोरी ७ बर्षिय रहेका छन् । पुरा पढौ

पोखरामा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २१ पुस/ पोखरामा एक युवकको छतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ । पोखरा–१६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाइनबाट करेन्ट लागेको थियो । बिहीबार बिहान करिब साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

करेन्ट
तनहुँ, ३ भदौ/ माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार तनहुँमा बाबु–छोराको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा करेन्ट लागेर आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका नौ महिनाका आदि ब्याम्बो रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्… पुरा पढौ

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २३ असार/ पोखरामा घरमा रङलागउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर सिन्धुली घर भई हाल पोखरा १७ घारीपाटन बन्ने करिब ४० बर्षिय कृष्ण बहादुर रानामगरको मृत्यु भएको कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए । हाईटेन्सन विद्युत लाईनको तारमा छोइन गई दुई तले घरबाट खस्दा मृत्यु भएको तिवारी बताए । रानामगरको… पुरा पढौ

पोखरामा एकजनाको करेन्ट लागेर मृत्यु

करेन्ट
पोखरा, ३ असार/ पोखरा महानगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पोखरा १४ छिनेडाँडाको खाल्टे मसिनामा पोलमा बिजुली बनाउन चढेका बेला करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेलको प्रहरीले जानकारी दिएको छ । करेण्ट लागेर गम्भीर घाइते उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । पुरा पढौ