करेन्ट
बागलुङ, १ मसिर/ बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजविर नेपाली रहेका छन् ।
गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।