पोखराबाट पब्लिक फोर के टिभीको परीक्षण प्रसारण सुरु
पोखरा, १७ साउन/ गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरे । मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’ मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका…
पुरा पढौ