#चुनाब

कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति)

मतदान
कास्की २ मा ४९ हजार मत खस्यो (कुन वडामा कति) कास्कि जिल्ला क्षेत्र नं २ (१)मा वडा नं ७ - ३१२२ वडा नं १५- ५३०० वडा नं १७ - ६७६३ वडा नं २१ - ५०१४ वडा नं ३३ - ६०८३ कुल मतदाता :४२२८२ खसेको मत: २६२८२(६२.१५%) कास्कि जिल्ला क्षेत्र नं २ (२)मा कुल खसेको मत वडा नं ४ - १६६९ वडा नं ८ - ४२४७ वडा नं ९ - ३३३३ वडा नं ११ - ४१६८ वडा नं १६ - ७३९३… पुरा पढौ

कास्की १ (ख) मा करिब ३१ हजार मत खस्यो (कुन वडामा कति)

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन १ ख मा ३१ हजार ६ सय ८८ मत खसेको छ । ५२ हजार २ सय ७० जना मतदाता रहेका छन् । यो क्षेत्रमा ७ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका बेदबहादुर गुरुङ र नेपाली काग्रेसका उमेद्वार दिपक गुरुङ माइला बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार मनबहादुर गुरुङले १७ हजार २ सय ४९ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका कृष्णबहादुर केसीले १३ हजार १ सय २… पुरा पढौ

कास्की ३ (ख) मा करिब २९ हजार मत खस्यो (कुन वडामा कति)

पोखरा, ४ मंसिर/ कास्कीको निर्वाचन क्षेत्र ३ ख मा २८ हजार ९ सय ५५ मत खसेको छ । ४८ हजार ८ सय ५३ जना मतदाता रहेका छन् । यो क्षेत्रमा ६ जनाले उमेद्वार रहेका छन् । त्यस मध्ये नेकपा एमालेका राजिब पहारी र नेपाली काग्रेसका उमेद्वार प्रकाश बराल बिच मुख्य प्रतिस्पर्धा देखीएको छ । अघिल्लो निर्वाचमा एमालेका उमेद्वार राजिब पहारीले १६ हजार १ सय ६७ मत ल्याउदै विजयी भएका थिए भने नेपाली काग्रेसका सिकन्दर गुरुङले १० हजार ८ सय ७६… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्बिक नतिजा अनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ । मतपेटिएका ल्याउन क्रमजारी रहेको भन्दै प्रारम्बिक नतिजा अनुसरा ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् । पुरा पढौ

कास्कीमा ५० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो
पोखरा, ४ मंसिर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो २ बजे सम्म ५० प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।… पुरा पढौ

निर्वाचनमा सामाजिक सज्जाल चुनौती पुर्ण –निर्वाचन आयुक्त भण्डारी

निर्वाचन चुनाब
पोखरा, ६ कात्र्तिक/ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सामाजिक सज्जाल चुनौतीका रुपमा रहेको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाईन मिडिया चुनौतिका रुपमा रहेको वताए । उनले सामाजिक सन्जाललाई नियन्त्रण गर्ने मेटा सँग सम्झैता भएपनि कतिपय अवस्थामा अन्तराष्ट्रिय कानुनको दायर देखाई कानुनले खोजे जस्तो कारवाहि हुन नसक्ने बताए । आयुक्त भण्डारीले निर्वाचन आयोग र प्रेस जगत एक रथका दुई पाटा भएको… पुरा पढौ

कास्की ३ मा एमाले र गठबन्धनका उमेद्वारले मनोनय दर्ता

कास्की ३ मा एमाले र गठबन्धनका उमेद्वारले मनोनय दर्ता
पोखरा, २३ असोज/ कास्की ३ मा एमाले, गठबन्ध र अन्य दलका नेताले उमेद्वारी दिएका छन् । कास्की ३ बाट संघिय संसदका लागि दामोदर पौडेल बौरागीले उमेद्वारी दिएका छन् । त्यसै गरी कास्की १ क बाट गणेशमान गुरुङ र ख बाट राजीब पहारीले उमेद्वारी दिएका छन् । त्यसै गरी सत्ता गठबन्धबाट प्रतिनिधि सभाका लागि गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता रामजी बरालले उमेद्वारी दिएका छन् । त्यसै गरी ३ क बाट माओवादीका दुर्गादत्त भण्डारीले उमेद्वारी दिएका छन् । पुरा पढौ

काग्रेस नेता महादेव गुरुङको कास्की २ मा स्वतन्त्र उमेद्वारी दर्ता

महादेव गुरुङ
पोखरा, २३ असोज/ नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । गुरुङले प्रतिनिधि सभा तर्फ कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिएका हुन् । गुरुङको प्रस्तावक बाल गोपाल श्रेष्ठ र समर्थकमा सूर्यप्रसाद लमसाल छन् । यो निर्बाचन क्षेत्र सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् । उनले आफ्नो उम्मेदवारी गठबन्धन विरुद्धको विद्रोह गर्दै भएको बताए । उनी नेपाली काग्रेसबाट जिल्ला सभापति र राज्यमन्त्री… पुरा पढौ

एमाले र गठबन्धनको समर्थन पाएपछि दीपक मनाङे सर्वसम्मत

दीपक मनाङे
पोखरा, २३ असोज/ मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत सांसद बन्ने भएका छन् ।हालसम्म उम्मेद्वारी दर्ता नगरेका उनलाई कांग्रेसले पहिले नै समर्थन गरिसकेको भने एमालेले पनि उनलाई समर्थन गर्ने बताएको छ । कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले मनाङेले प्रदेश सरकार बनाउन सहयोग गरेका कारण कांग्रेसले समर्थन गरेको बताए । उनका अनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ उम्मेद्वार छन् भने प्रदेशसभा (क) मा मुनिन्द्रजंग गुरुङ उम्मेद्वार छन् । यसअघि यहाँको प्रदेशसभा (क) मा माओवादीका कपिल लामा… पुरा पढौ

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे

एमालेबाट मुख्यमन्त्री दाबेदार खगराज अधिकारले मनोनयन दर्ता गरे
पोखरा, २३ असोज/ नेकपा एमालेका नेता खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ मा मनोनयन दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी र समर्थकमा कालिदास सुवेदी रहेका छन् । अधिकारी गण्डकी प्रदेश सभामा एमालेको तर्फबाट मुख्यमन्त्रीका रुपमा नाम चर्चामा छ । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश झरेका हुन् । पूर्व स्वास्थ्यमन्त्री र गृहमन्त्री भैसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री… पुरा पढौ