#सौर्य एयरलाइन्स

सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहा निर्देशक रतिशचन्द्रलाल सुमनको आयोगको संयोजकत्वमा गठन रहेको हो ।त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जेट अवतरण

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जेट अवतरण
पोखरा, १० पुस/ पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय… पुरा पढौ

सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उठान गर्ने

सौर्य एयरलाइन्स
पोखरा, १ मंसिर/ सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान गर्ने भएको छ । एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीबाट जेट विमानमार्फत आन्तरिक उडान सुरू गर्ने तयारी गरेको छ । सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा–काठमाडौं दैनिक चार उडानको तयारी गरेको एयरलाइन्सले जनाएको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने काम भइरहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए । एयरलाइन्सले हाल विभिन्न ६ गन्तव्यमा उडान गरिरहेको छ । पुरा पढौ