
सौर्य एयरलाइन्स
पोखरा, १ मंसिर/ सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान गर्ने भएको छ । एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरीबाट जेट विमानमार्फत आन्तरिक उडान सुरू गर्ने तयारी गरेको छ ।
सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत काठमाडौं–पोखरा–काठमाडौं दैनिक चार उडानको तयारी गरेको एयरलाइन्सले जनाएको छ ।
यसका लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने काम भइरहेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए । एयरलाइन्सले हाल विभिन्न ६ गन्तव्यमा उडान गरिरहेको छ ।





