पोखरा, २० जेठ/ पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजिकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागि सहजिकरण गर्दै अग्रसर हुने जानकारी दिए । बिहीबार पोखरा महानगरको वडा नम्बर ३२ पर्ने लामे आहालमा प्रस्तावित बसपार्कको निरीक्षण गर्दै उनले यस्तो जानकारी दिएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन सहज बनाउन र सहरलाई व्यवस्थित बनाउनका लागि पनि बसपार्क निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए…
पुरा पढौ