पोखरा, ८ असोज/ पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ९ गुडविल० नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेध गर्न तथा संविधानको धारा २५ को १ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने,व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकको अधिकारलाई ख्याल गर्न पनि आग्रह गरिएको छ । लगानी…
पुरा पढौ