#पोखरा स्पोर्टस् अवार्ड

पोखरा स्पोर्टस् अवार्डः मझेरी रिर्सोट एण्ड स्पाको साथ

पोखरा स्पोर्टस् अवार्डः मझेरी रिर्सोट एण्ड स्पाको साथ
पोखरा, १४ बैशाख/ बैशाख २३ गते पोखरामा हुने सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सफल पार्न मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको छ । उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । बिहिबार रिर्सोटका अध्यक्ष अर्जुन खनाल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । मञ्चले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन प्रबद्र्धन… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः ‘उत्कृष्ट प्रशिक्षक’ ह्यूस्टनले प्रायोजन गर्ने

पोखरा स्पोर्टस् अवार्डः ‘उत्कृष्ट प्रशिक्षक’ ह्यूस्टनले प्रायोजन गर्ने
वैशाख ७ पोखरा / ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ
पोखरा, ७ चैत/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्व. पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी… पुरा पढौ

शनिबार पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड

शनिबार विनोदले झुमाउने, युवराजले हसाँउने
पोखरा, १७ असार/ शनिबार छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रममा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका… पुरा पढौ

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?

निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?
पोखरा, १६ असार/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो ।… पुरा पढौ