#दीपक मनाङे

दीपक मनाङेको सांसद पद खारेज

दीपक मनाङे
पोखरा, ४ असार/ गण्डकी प्रदेशका सांसद राजीब गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो । पुरा पढौ

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

दीपक मनाङे
पोखरा, २७ कात्तिक/ गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । न्यायाधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो… पुरा पढौ

पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैदको फैसला

दीपक मनाङे
पोखरा, २० कात्तिक/ सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित… पुरा पढौ

गण्डकी प्रदेशका सांसद दीपक मनाङेले अधिकार नदिए ४० दिनमा राजीनामा दिने

दीपक मनाङे
पोखरा, २२ भदौ/ गण्डकी सरकारका सांसद दीपक मनाङेले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकारी नदिए ४० दिन भित्रमा राजीनामा दिने घोषणा गरेको छन् । शुक्रबार प्रसारण भएको गण्डकी छड्केमा अपिल त्रिपाठी सगँ कुराकानी गर्दै ४० दिन भित्र राजीनामा दिने घोषणा गरेका हुन् । उनले केन्द्रसरकारले अधिकार नदिदा प्रदेश सरकारहरु प्रदेश सरकार जस्तो नभएको बताए । उनले प्रदेश सांसदको भन्दा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्षको अधिकारी बढी भएको बताए । गण्डकी प्रदेश सरकारमा बन मन्त्रालय पाएपछि अधिकार नभएको मन्त्रालयमा मन्त्री बन्दी नै… पुरा पढौ

मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई माधव नेपालको दबाब

दीपक मनाङे
पोखरा, २३ मंसिर/ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई मन्त्री बनाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फोन गर्ने बताएका छन् । अध्यक्ष नेपालले पाण्डेसँगको भेटमा मात्र होइन, फोनमार्फत नै विगतको समझदारीअनुसार आफ्नो पार्टीलाई मन्त्री दिइनुपर्ने बताउँदै आएका छन् । मनाङ (ख) बाट निर्विरोध चुनाव जितेपछि एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) गत वैशाखमा मन्त्रिपरिषद् विस्तार हुनेबेला मन्त्री बन्ने चर्चा थियो । तर, मन्त्री बन्ने चर्चाबीच उनी मन्त्रिपरिषदमा अटाएनन् । त्यसै कारण पनि उनले बारम्बार उनलाई मन्त्री बनाउन बताएको बताए… पुरा पढौ

मनाङेले नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

दीपक मनाङे
पोखरा, २९ भदौ/ गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन् । मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित मनाङेले केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका हुन् । मनाङेले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टीले मनोनित गरेको केन्द्रीय परिषद सदस्य अस्वीकार गरेको लेखेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले पार्टीको केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको थियो । उनले आफूसँग सल्लाह नगरी आफूलाई परिषद सदस्यमा मनोनित गरिएको भन्दै… पुरा पढौ

एमाले र गठबन्धनको समर्थन पाएपछि दीपक मनाङे सर्वसम्मत

दीपक मनाङे
पोखरा, २३ असोज/ मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत सांसद बन्ने भएका छन् ।हालसम्म उम्मेद्वारी दर्ता नगरेका उनलाई कांग्रेसले पहिले नै समर्थन गरिसकेको भने एमालेले पनि उनलाई समर्थन गर्ने बताएको छ । कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले मनाङेले प्रदेश सरकार बनाउन सहयोग गरेका कारण कांग्रेसले समर्थन गरेको बताए । उनका अनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ उम्मेद्वार छन् भने प्रदेशसभा (क) मा मुनिन्द्रजंग गुरुङ उम्मेद्वार छन् । यसअघि यहाँको प्रदेशसभा (क) मा माओवादीका कपिल लामा… पुरा पढौ