#डम्बरसिं गुरुङ

फुटबलका पूर्व राष्ट्रिय खेलाडी डम्बरसिं गुरुङको निधन

डम्बरसिं गुरुङ
पोखरा, ८ चैत/ नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्वरसिं गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका ४ निवासी गुरुङको उपचारको क्रममा ७२ वर्षको उमेरमा बुधबार मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । मुटुमा समस्या भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पाँच वर्ष यता उच्च रक्तचापबाट पिडित थिए । बेलायती सेनाबाट सेवानिर्वित गुरुङ बेलायती सेनामा कार्यरत रहँदा नै नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउण्डमा कुवेत विरुद्ध खेलेका थिए । १९७४ मा नेपाली राष्ट्रिय फुटबल टिममा समावेश भएका उनी… पुरा पढौ