#चितुवा

पोखरामा चितुवाको आक्रमणबाट प्रहरी घाईते

चितुवा
पोखरा, २३ असार/ पोखरा महानगरपालिका १७ छोरेपाटनमा चितुवाको आक्रमणबाट प्रहरी घाईते भएका छन् । श्याम बास्तोलाको बारीमा चितुवा आएको भन्ने खबर पाएपछि प्रहरी टोली खटिई गई चितुवा धपाउने क्रममा प्रहरीलाई आक्रमण गरेको हो । स्याङ्जा आँधीखोला गाउँपालिका घर भइ हाल प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ बर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारीलाई चितुवाको नङ्ग्राले कम्मरमा चिथारी घाईते बनाएको हो । उनको अवस्था सामान्य रहेको छ । पुरा पढौ

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते
पोखरा, १ चैत/ पोखरा महानगरपालिका १८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । कालिज फार्ममा मंगलबार राति चितुवा पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ बर्यीयका श्रीकृष्ण मल्ल ठकुरी र २३ बर्यीय राजेश तिमिल्सिना घाइते भएका छन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरुलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए । उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको उनले जानकारी… पुरा पढौ