#गर्मी

पोखरामा पनि अचाक्ली गर्मी बढ्यो

पोखरा, ८ साउन/ हुन यो बेला झमझ पानी परेको हुनु पर्ने हो तर चकमन्न घाम लागेर पोखरामा सबैलाई गर्मी महशुस गराएको छ । पोखरामा केही दिन देखी अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा पनि कतै पानी परेको छ भने कतै गर्मी छ । वर्षा याम भएपनि वर्षा हुन नसक्दा गर्मी बढेको हो । बिहीबार जल तथा मौसम विज्ञान विभाग पोखराको तापक्रम ३२ डिग्रि देखी ३४ डिग्रि हुने अनुमान गरेको छ । अहिले दिउसोको तापक्रम सोही अनुसार चलेको बताएको… पुरा पढौ

पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, २६ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । पोखरामा शुक्रबार २३ वर्ष एताकै बढि तापक्रम मापन भएको छ । शुक्रबार पोखराको अधिक्तम तापक्रम ३६ डिग्री सेल्सियस मापन भएको छ भने न्युनतम २२.३ मापन भएको छ । पोखरामा बिहीबार अधिक्तम ३५.७ र न्युतनम २१.१ डिग्री सेल्सियस मापन भएको थियो । पोखरामा १९९९ को अप्रिल २८ मा  ३७.४ डिग्री सेल्सियस मापन भएको… पुरा पढौ

पोखरामा बिहीबार केही वर्ष एताकै बढि गर्मी मापन

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २५ जेठ/ केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । देशका विभिन्न ठाउँमा ४० डिग्रिमाथी तापक्रम मापन भएको छ । पोखरामा पनि तापक्रम बढेको छ । मनसुन भित्री नसक्दा नेपालमा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार देखि बढेको तापव्रmम केहिदिन रहिरने विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुनी रेखा नेपालतर्फ नआएका कारण केही दिन तापक्रम अझै बढ्ने विभागको अनुमान छ । गर्मी बढे सँगै दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ ।… पुरा पढौ

शुक्रबार (आज) पोखरामा तीन वर्ष यताकै बढी गर्मी

पोखरा
पोखरा, ३१ असार/ तीनवर्ष अघिको रेकर्ड पछ्याउँदै शुक्रबार (आज) दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ । शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले पोखराको तापक्रमले तीन वर्षअघिको रेकर्ड भेट्याएको बताए । तापक्रम उकालो लागेपछि यहाँको मुख्य बजारमा पनि चहलपहल केही कम भएको थियो । दिउँसोको… पुरा पढौ