प्रमुख समाचार

सडन डेथमा मनाङ मस्र्याङदीलाई हराउदै सहारा फाईनलमा

सडन डेथमा मनाङ मस्र्याङदीलाई हराउदै सहारा फाईनलमा
पोखरा, ६ फागुन/ सडन डेथमा मनाङ मस्र्याङदी क्लबलाई हराउदै सहारा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनमा प्रबेश गरेको छ । निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो । अन्तिम पेनाल्टी हानेका सुरेश कुमालको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाएपछि मनाङले सातौं पटक उपाधि उचाल्ने होडबाट बाहिरिन पुग्यो । निरन्तर फाईनल खेल्दै… पुरा पढौ

पोखरा काठमाडौं जहाजको जस्तै सिट सुविधा भएको ईभी लक्जरी बस सेवा

पोखरा काठमाडौं जहाजको जस्तै सिट सुविधा भएको ईभी लक्जरी बस सेवा
पोखरा, ६ फागुन/ पोखरा काठमाडौं ईभी लक्जरी बस सेवा शुरु भएको छ । सोफा सहित एसी लगायतका सुविधा सम्पन्न बस मार्फत पोखराबाट काठमाडौं र पूर्वतर्फ धरान, विराटनगर र काकडभिट्टामा समेत सेवा दिइरहेको जगदम्बाले पोखरा– काठमाडौं बनेपा धुलिखेल–पोखरा ईभी लक्जरी बस सेवा सुरु गरेको हो । एक करोड ६८ लाख रुपैयाँ पर्ने दुई वटा ईभी लक्जरी बस मार्फत सेवा थालेको छ । ईभी लक्जरी बस सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारभ गरे । शुभारम्भका अबसरमा पोखरा जगदम्बा ट्रभल्सका अध्यक्ष केशबप्रसाद… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने थप ५ जना चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ५ फागुन/ मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पोखराका थप ५ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी चेकिङ टोलीले ५ जनालाई पक्राउ गरेको हो । मंगलबार बिहान स्कुल बसका चालकहरूको जाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले रत्न ज्योति बोडिङ स्कुलको ग १ क ५९६२ नम्बरका बस चालक,… पुरा पढौ

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा आहा राराको सेमिफाइनलमा

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा आहा राराको सेमिफाइनलमा
पोखरा, ५ फागुन/ उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता सेमिफाइनलमा जावलाखेलसँगको भेट पक्का गरे।जितसंगै आभाले सेमिफाइनलमा फागुन ७ गते जावलाखेलको सामना गर्नेछ । यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल… पुरा पढौ

एमाले कास्की–२ को प्रतिबद्धता पत्र, सुशासन र भ्रष्टाचार नियन्त्रण मुख्य एजेन्डा (पुर्णपाठ सहित)

रश्मि आचार्यका प्रतिबद्धता
पोखरा, ५ फागुन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका… पुरा पढौ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस चलाएका पोखराका पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बिहान विभिन्न स्थानमा स्कूल बसहरूको विशेष चेकजाँच गर्दा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको फेला परेको हो । ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले गरेको जाँचका क्रममा चालकहरूले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्ने चालकहरूमा कुमुदिनी होम्स बोर्डिङ स्कूलको… पुरा पढौ

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो

पोखरा महानगरले रातोमाटो डाँडामा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइयो
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १८ को सेदी र रातोमाटो डाँडा क्षेत्रमा अनुमति विना निर्माण गरिएका अस्थायी संरचना हटाइएको छ। महानगरपालिकाका अनुसार केही व्यक्तिहरूले महानगरको स्वीकृति विना अस्थायी संरचना निर्माण गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी टोलीले पटक–पटक निर्माण कार्य रोक्का राख्दै निर्माण सामग्री समेत नियन्त्रणमा लिएको थियो। तर, सम्बन्धित व्यक्तिहरूले रातिको समय तथा सार्वजनिक बिदाको दिनमा समेत निर्माण कार्य जारी राखेको पछि सोमबार प्रहरीको टोलीले हटाएको हो । नेपाल प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले उक्त अवैध… पुरा पढौ

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग

क्रियापुत्री भवन निर्माणका लागि जरेवर उज्वल दिदी बहिनी समुहको ५ लाख सहयोग
पोखरा, ४ फागुन/ पोखरा वडा नम्बर ५, ६, ७ र १८ को संगम स्थल बासेको पधेरोमा आवासिय क्रियापुत्री भवन निर्माणका लागि सहयोग आएको छ । पोखरा ६ को जरेवर उज्वल दिदी बहिनी समूहले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । जरेवर उज्वल दिदी बहिनी समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन् । आवासिय क्रियापुत्री भवन नहुँदा बिभिन्न जिल्लाबाट पोखरामा आएर व्यपार, व्यवसाय गर्ने र स्थानीय… पुरा पढौ

मनाङ मस्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

मनाङ मस्याङदी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा, ४ फागुन/ २५औं आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्याङदी क्लब सेमिफाइलनमा प्रबेश गरेको छ । मनाङ मस्याङदी क्लबले पाउना टोली थण्डबोल्ड नर्थ युनाईटेड सिक्किमलाई १–० गोलले हराउदै सेमिफाइनलमा आयोजक सहारा सँगको भेट पक्का गरेको हो । निधारी ९० मिनेटका खेलमा गोल रहित बराबरी भएको पछि खेल थप समय गएको थियो । मनाङ मस्याङदीका लागि खेलको १ सय ५ औं मिनेटमा आशिष श्रेष्ठले गोल गरे । मनाङ मस्याङदी क्लबले फाइनल प्रबेशका लागि फागुन ८ गते आयोजक सहारा क्लब सँग खेल्ने… पुरा पढौ

जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा, ३ फागुन/ २५औं आहा रारा पोखरा गोल्डकपमा जाउला खेल युथ क्लब सेमिफाइलनमा प्रबेश गरेको छ । जाउलाखेल युथ क्लबले चर्च व्वाईज क्लबलाई ३–० गोलले हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । खेलको ४८ औ मिनेटमा धर्मेन्द्र कुँबरले जाउलाखेलका लागि गोल गरे । चर्च व्वाईजका गोलकिपर दिप कार्कीको हातबाट फुत्किएको बललाई कुँबरले गोलमा परिणत गरे । खेलको ८८ औ मिनेटमा निकोलस हेमाल्टोन र इन्जिरी समयमा सुजन गुरुङले गोल गरे । जाउलाखेल युथ क्लबले फाइनल प्रबेशका लागि फागुन ७ गते आभा फुटलब… पुरा पढौ