
सडन डेथमा मनाङ मस्र्याङदीलाई हराउदै सहारा फाईनलमा
पोखरा, ६ फागुन/ सडन डेथमा मनाङ मस्र्याङदी क्लबलाई हराउदै सहारा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनमा प्रबेश गरेको छ । निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए ।
पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो ।
अन्तिम पेनाल्टी हानेका सुरेश कुमालको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले बचाएपछि मनाङले सातौं पटक उपाधि उचाल्ने होडबाट बाहिरिन पुग्यो । निरन्तर फाईनल खेल्दै आएको मनाङको यात्रा सेमिफाईनलबाट टुंगिदाँ सहाराले उपाधिको लागि बिहीबारको विजेतासँग खेल्ने छ ।
सहारा २०६९ मा गोल्डकपको इतिहासमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । त्यसपछि ०७० मा दोस्रो पटक फाईनल खेल्यो । ०६९ मा थ्रीस्टारसँग पराजित हुदैं उपाधि विहीन बन्यो । ०७० मा मनाङ मस्र्याङ्दीसँग पराजित हुदैं उपाधि घरमै राख्ने अभिलाषा पुरा हुन सकेको थिएन् ।
०७३ सालमा फाईनलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै(बाह्रौं सँस्करण)उपाधि उचालेको खेलमा सहाराका डिफेन्स टाय डिनियल बादारु प्लेयर अफ दि म्याच घोषित भए । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित २५ औं आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाईनल जावलाखेल युथले पाहुनाटोली उज्वेकिस्तानको आभा फुटबल क्लबसँग खेल्ने छ ।






