प्रमुख समाचार

स्विफ्ट होलिडेका युरो सिक्स मापदण्डको लक्जरी बस पोखरा–काठमाडौं चल्ने

स्विफ्ट होलिडेका युरो सिक्स मापदण्डको लक्जरी बस पोखरा–काठमाडौं चल्ने
पोखरा, १२ फागुन/ अटोवेज प्राइभेट लिमिटेडले बी एस सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बसबाट पोखरा काठमाडौं सेवा सुरु गर्ने भएको छ । युरो सिक्स मापदण्डका सवारी साधनले नेपालमा वातावरणमैत्री यातायात प्रणाली तर्फको महत्पूर्ण कदमको प्रतिनिधित्व गर्ने अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले बताए । युरो सिक्स मापदण्डका सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि, इन्धन दक्षता तथा उच्च सुरक्षा सुविधा रहेको उनको दावी छ । गुणस्तरीय, सुरक्षित र आरामदायी यात्रा सेवालाई अझ परिष्कृत बनाउन यो लक्जरी बस उत्कृष्ट हुने स्विफ्ट होलिडेजका… पुरा पढौ

पोखराबाट काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २८ जना घाइते (नाम सहित)

धादिङमा दुर्घटना
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको माछापुच्छ्रे ट्राभल्सको बस दुर्घटनामा १७ मृत्यु, २८ घाइते, जम्मा यात्रु ४६, पोखराबाट चढेको ४३, मुग्लिनबाट चढेका २ वा ३ यकिन नभएको घाइतेको विवरण पुरा पढौ

पोखराबाट काठमाडौं जादै गरेको रात्री बस दुर्घटना, १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं जादै गरेको रात्री बस दुर्घटना, १७ जनाको मृत्यु
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी राजमार्गमा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । सडकबाट करिब ३ सय मिटर तल बस खसेको थियो । दुर्घटना हुदाँ बसमा ४६ जना यात्रुहरु रहेको अनुमान गरिएको छ ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको… पुरा पढौ

कास्की–१ मा गनेस पौडेलको वाचापत्र सार्वजनिकः शिक्षा, स्वास्थ्य देखि भूमि अधिकारसम्मका प्रतिबद्धता

पोखरा, १० फागुन/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार, भूमि अधिकार, सुशासन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। वाचापत्रअनुसार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य… पुरा पढौ

फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा

फेवातालमा डुङ्गा चालकहरूको मापसे तथा लापसे चेकजाँच, ५ जना नियन्त्रणमा
पोखरा, १० फागुन/ सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूसँग अन्तरक्रिया तथा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू औषध सेवन) सम्बन्धी चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा ४५ जना डुङ्गा चालकहरूको परीक्षण गर्दा ४ जनाले लागू औषध सेवन गरेको तथा १ जनाले मादक पदार्थ सेवन गरी डुङ्गा सञ्चालन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मापसे तथा लापसे गरेको पुष्टि भएका ५… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक पुन प्रथम

घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक पुन प्रथम
पोखरा, १० फागुन/ कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपको उपाधि सहारा क्लबलाई

आहा रारा पोखरा गोल्डकपमको उपाधि सहारा क्लबलाई
पोखरा, ९ फागुन/ २५औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ । जावलाखेल युथ क्लबलाई २–० गोलले हराउदै सहारा क्लबले दोस्रो पटक उपाधि जितेको हो । दोस्रो पटक फाइनल पुगेका जाउवलाखेल उपविजेतामा चित्त बुझायो । सहारा क्लबलाई जित दिलाउन खेलको २५औं मिनेटमा मुकुन्द निउरेले गोल गरे । सहाराका क्याप्टेन सुशील लामाले प्रहार गरेको कर्नर किकलाई हेड मार्फत मुकुन्दले जाली चुमाए । खेलको ७३ औ मिनेटमा विदेशी खेलाडी टाइडानियल बटारुले गोल गरे । सुशील लामाले दिएको क्रसलाई उनले… पुरा पढौ

आहा रारा पोखरा गोल्डकपमा जावलाखेल इतिहास कोर्ने दाउमा, सहारा दोहोर्याउने लक्ष्यमा

आहा रारा पोखरा गोल्डकपमा जावलाखेला इतिहास कोर्ने दाउमा, सहारा दोहोर्याउने लक्ष्यमा
पोखरा, ८ फागुन/ २५ औं संस्करणका आहारारा पोखरा गोल्डकको शनिबार फाईनल पोखरा रंगशालामा हुदैं छ । जावलाखेल र आयोजक सहारा क्लब उपाधिको लागि मैदान उत्रिदै छन् । इतिहास कोर्ने र इतिहास दोहोर्याउने दाउमा दुबै टोली रहेका छन् । सहारा क्लब ९ वर्षपछि फाईनल पुगेको हो । चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिने छ । सहाराले घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्याउने लक्ष्यमा एक कदम मात्रै बाँकी छ । एघारौं संस्करणमा उपविजेता… पुरा पढौ

१४ वर्षपछि जावलाखेल आहा रारा गोल्डकपको फाईनलमा

१४ वर्षपछि जावलाखेल आहा रारा गोल्डकपको फाईनलमा
पोखरा, ७ फागुन/ उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनलमा प्रबेश गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै फाइन प्रबेश गरेको हो । १४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार पोखरामा प्रतिस्पर्धा गर्ने छ । खेलको ५२ औं मिनेटमा कुसान गानिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेल फाईनल… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग
पोखरा, ७ फागुन / नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि… पुरा पढौ