प्रमुख समाचार

तनहुँमा दुर्घटना हुदाँ कास्कीका धर्मराजको मृत्यु

दुर्घटना
तनहुँ, २२ भदौ/ तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ जादै गरेको बा प्र ०६–००१प ९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख १५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका–७ का ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

लेखनाथ उबासंघः १५०० मत गणना, जानुका अगाडी

राजेन्द्र र जानुका
पोखरा, २२ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचन मतगणना जारी छ । १५ मतगणना हुदाँ जानुका अधिकारी पराजुलीको प्यानल नै अगाडी छ । पदाधिकारी तर्फको १ हजार ५ सय मतगणनाको परिणाम सार्बजनिक हुँदा अध्यक्षमा जानुका पराजुली अधिकारीले ७ सय ९१ मत प्राप्त गर्दा प्रतिद्वन्दी राजेन्द्र ओझा भन्दा १२२ मतले अग्रता लिईरहेकी छन् । अध्यक्षका अर्का उमेदवार राजेन्द्र ओझाले ६ सय ६९ मत पाएका छन् । जानुकाले मतान्तर फराकिलो बनाउंदै लगेपछि जनुकाका समर्थकहरु उत्साहित देखिएका छन् । अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष… पुरा पढौ

एभरेस्ट महिला भलिबलः रोमाञ्चक खेलमा लुम्बिनीको जित, काठमाडौको पहिलो जित

एभरेस्ट महिला भलिबलः रोमाञ्चक खेलमा लुम्बिनीको जित, काठमाडौको पहिलो जित
पोखरा, २२ भदौ/ एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित… पुरा पढौ

सामाजिक सञ्जाल नचल्दा पर्यटन व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग

सामाजिक सञ्चाल नचल्दा पर्यटन व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग
पोखरा, २२ भदौ /नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल… पुरा पढौ

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन
पोखरा, २२ भदौ/ काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र… पुरा पढौ

पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीको साथ, फारम भर्ने भदौं २५ सम्म

पर्वतीय दौडलाई भव्य रूपमा सफल पार्न पर्यटन व्यवसायीको साथ, फारम भर्ने अन्तिम मिति भदौं २५ सम्म
पोखरा, २२ भदौं/ विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन दिनुभएको हो । प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा व्यवसायीहरूले सरकारले हाल फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्कृय पारेकाले सञ्चालनमा रहेका भाइभर र टिकटकलाई प्रचार सामाग्रीकारूपमा… पुरा पढौ

आम जनता पार्टी कास्कीको अध्यक्षमा अर्जुन केसी चयन

जनता पार्टी कास्कीको अध्यक्षमा अर्जुन केसी चयन
पोखरा, २२ भदौ/ प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ। आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह(सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई

केशव पाठक
पोखरा, २१ भदौ/ सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र… पुरा पढौ

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्विन्सले बिजयी

भलिबल
पोखरा, २१ भदौ/ पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविस र साविक उपविजेता ललितपुर क्विन्सले बिजयी भएका छन् । कर्णालीले लुम्बिनी लाभाजबिच ३–१ सेटमा विजयी भयो । पहिलो सेटमा पछि परेको कर्णालीले लगातार तीन सेट जितेको थियो । कर्णालीले लुम्बिनीलाई २३–२५, २५–२१, २५–१७ र २५–२२ मा हरायो । अर्को खेलमा साविक उपविजेता ललितपुर क्विन्सले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको खेलमा ललितपुरले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा हरायो । लगातार दुई खेल… पुरा पढौ

पाताले छाँगो ठेक्कामा दिने विषयमा स्थानीयको विरोध, खुकुरी प्रहार गर्ने एक पक्राउ

पाताले छाँगो
पोखरा, १९ भदौ/ पोखरा १७ मा रहेको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णय विरुद्ध स्थान आन्दोलीत भएका छन् । पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो । सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ भएको थियो । कार्यक्रममा स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाए । विरोधका क्रममा एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ । विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार गरेको आरोपमा पोखरा–९… पुरा पढौ