कास्की

पोखरा ६ बैदामका पुर्व वडाअध्यक्ष लामिछानेको निधन

होमबहादुर लामिछाने
पोखरा, ७ असार/ पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम, स्कुलपाटन निबासी राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व होमबहादुर लामिछानेको निधन भएको छ । बिहीबार साँझ ९१ बर्षको उमेरमा निधन भएको हो । केहि वर्षदेखि उच्चरक्तचाप र सुगरका कारण पिडित लामिछाने करिब २ महिना अगाडी प्रेसरकै कारण गम्भीर बिरामी परेका थिए । नेपाली काँग्रेसको राजनीतिमा लामो समय सक्रिय लामिछाने पंचायती शासनकालमा पोखरा नगर पंचायतको निर्बाचनमा पोखरा –६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर बिजयी भएका थिए । उनि सोहि वडामा… पुरा पढौ

भद्रकाली मन्दिरका बाबा चेतनको निधन

चेतन गिरी
पोखरा, ५ जेठ/ जोगी बाबा चेतन गिरीको जस्तो सकारात्मक विचार र भावनालाई दैवलाई पनि लोभ लागेर होला धर्तीवाट मंगलबार विहान ७ बजे निधन भएको हो । जहाँ कसैको मृत्युले संसार रुवाउँछ, कसैको मृत्युले छिमेकीदेखि जिल्ला हुदै राष्ट्रलाई समेत रुवाउँछ । रुवाउँनुको पछाडि मृत्यु भएका व्यक्तिले गरेको व्यवहार र समाज प्रतिको माया ममताले उसलाई हरेकको आत्ममा राखि संझाउने गर्दछ । स्व.बाबाको मृत्युको खवरले पनि धेरै व्यक्तिको आँखा रसाएर आत्मामा जीवीत वनाइराखेको छ । भनिन्छ उच्च कोटीको पाकेको फल देख्दा कसको मन… पुरा पढौ

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

पोखरा २६ को योजना महिलाले छनौट गर्ने
लेखनाथ, ३ असार/ पोखरा महानगरपालिका वडा नम्बर २६ ले आगामी आर्थिक बर्ष २०८१/०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले… पुरा पढौ

पोखरामा ट्रकको ठक्करबाट १ जना जनाको मृत्यु

दुर्घटना
पोखरा, १ असार/ पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका ९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट महानगरपालिका ३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरा पढौ

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ
पोखरा, २६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् ।… पुरा पढौ

कास्कीमा ज्येष्ठ नागरिक लागि राष्ट्रिय परिचयपत्र सेवा बिहान ८ बजे देखी

पोखरा, २५ जेठ/ राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि कास्की प्रशासनले बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएकाले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरु र असक्त सेवाग्राहीहरुको समेत चाप रहेको प्रशासनले जनाएको छ । त्यसलाई मध्येनजर राख्दै सेवाको समय परिमार्जनको निर्णय प्रशासनले जनाएको छ । ‘सामाजिक सुरक्षा भत्ताका लागि योग्य लाभग्राहीहरुको लागि हरेक दिन (शनिवार बाहेक) बिहान ८ः०० बजे देखि नै र अन्य सेवाग्राहीहरुका… पुरा पढौ

पोखरामा ओटेफद्धारा वारिष्ता तथा बेकरी तालिम

पोखरामा ओटेफद्धारा वारिष्ता तथा बेकरी तालिम
पोखरा, ४ जेठ/ महिला पर्यटन व्यवसायी मञ्च गण्डकी (ओटेफ) को आयोजनामा पोखरामा वारिष्ता तथा बेकरी तालिम सुरु भएको छ । पोखरा जाभा वारिष्ता स्कुलमा बिहीबारदेखि सुरु भएको तालिमको गण्डकी प्रदेशका सांसद देवका पहारीले पछिल्लो समय नेपालमा कफी कल्चर बढ्दै गएको बताइन् । उनले कफीको कल्चर बढ्दै जादाँ उत्पादनमा पनि ध्यान दिनु पर्ने बताए । उनले नेपालको कफी विश्वमा राम्रो कफीमा पर्ने भन्दै नेपाली उत्पादन बृद्धि गर्दै निर्याततर्फ ध्यानदिनु पर्नेमा जोड दिइन् । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको बताउँदै उनले राजधानी… पुरा पढौ

चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण

चिसाखोला वेद विद्याश्रमको रजत स्मारिका लोकार्पण
पोखरा, २९ वैशाख/ पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रम कास्कीको औपचारिक स्थापनाको २५ वर्ष पुगेको अवसरमा हालसम्म भएका गतिविधि समेटेर प्रकाशन गरेको रजत स्मारिका २०८० स्वामी निःशेषानन्द, विन्ध्यवासिनी पीठाधीसले लोकार्पण गरे । कार्यक्रममा स्वामी निःशेषानन्दज्यूले वैदिक संस्कार, संस्कृतिको जगेर्नामा वेद विद्याश्रमको योगदानको प्रशंसा गर्दै चिसाखोला विद्याश्रममा आउँदा गुरुकुलीय वातावरणले आनन्द अनुभूति हुने वताए । ज्योतिष शिरोमणि प्रा.डा. बलराम उपाध्याय रेग्मीले स्मारिकाले आर्थिक पारदर्शिता देखाउने भन्दै सबैलाई वेदको रक्षामा लाग्न आग्रह गरे । सोही अवसरमा ५ लाख भन्दा माथि अक्षयकोष… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बगरको स्वागत

सामुदायिक सेवा केन्द्र बगरको स्वागत
पोखरा, ८ बैशाख । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा— १ बगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नयाव उपरीक्षकलाई स्वागत गरेको छ । सेवा केन्द्रले जिल्ला प्रहरीका कार्यालय कास्कीका आएका प्रहरी नायव उपरीक्षक वसन्तराज शर्मालर्या स्वागत गरेको हो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीलगायत सल्लाहकारले प्रहरी नायव उपरीक्षक शर्मालाई मायाको चिनो सहित खादा लगाइ स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक शर्माले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सधै… पुरा पढौ

नेपाली सेनामा २७५० जनालई रोजगारी खुल्यो

नेपाली सेनामा २७५० जनालई रोजगारी खुल्यो
पोखरा, ७ बैशाख/ नेपाली सेनामा २७५० जनालई रोजगारी खुलेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पद खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि देहायका योग्यता पुगेकाइच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाईट http://www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी उम्मेदवार स्वयम्ले सो को हार्डकपी प्रिन्ट(आउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्ने र विभिन्न ट्रेडका फलोअर्स पदहरुको… पुरा पढौ