सामुदायिक सेवा केन्द्र बगरको स्वागत

-


     क्लिक गण्डकी     
     वैशाख ८ गते २०८१ मा प्रकाशित


सामुदायिक सेवा केन्द्र बगरको स्वागत

सामुदायिक सेवा केन्द्र बगरको स्वागत

पोखरा, ८ बैशाख । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा— १ बगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नयाव उपरीक्षकलाई स्वागत गरेको छ ।

सेवा केन्द्रले जिल्ला प्रहरीका कार्यालय कास्कीका आएका प्रहरी नायव उपरीक्षक वसन्तराज शर्मालर्या स्वागत गरेको हो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीलगायत सल्लाहकारले प्रहरी नायव उपरीक्षक शर्मालाई मायाको चिनो सहित खादा लगाइ स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक शर्माले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सधै समुदायसँग सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता जनाए ।

सामुदायि सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र वगरकी संस्थापक अध्यक्ष सिता गुरुङ सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, कोषाध्यक्ष कृष्णबहादुर तामाङले बोलेका थिए ।