
कृष्णबहादुर क्षेत्री
पोखरा १९ पुस/ जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री छन् ।
पोखरा १३ काहुँखोलामा ०७९ माघ १५ गते ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेको आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते दोषी ठहर गरेको थियो ।
क्षेत्रीलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको थियो । धरौटीमा रिहा भएका उनी अदालतबाट दोषि ठहर भएपछि फरार थिए । क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको हो ।





