वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०८० मा प्रकाशित


वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

पोखरा, १८ पुस/ पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन शहरको दक्षिण पूर्वि भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् ।

एभरेष्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक हितका लागि कार्य गरेवापत अध्यक्ष थापालाई मेयर ताउसेफ अनवरले लेविसम काउन्सीलमा सम्मान गरेका हुन ।

बेलायत भ्रमणमा रहेका थापालाई सम्मान गर्दै, मेयर एवं काउन्सीलका प्रवक्ता समेत रहेका अनबरले आफ्नो नगर र पोखरा महानगरका बिच मित्रताका लागि चाँडैनै संझौता हुने विश्वास व्यक्त गरे ।

उनले लेविसम नगरका तर्फबाट पोखरेली जनतालाई मित्रता र सद्भावको सन्देश समेत दिएका छन् । म ५० हजार जनताको तर्फबाट पोखराका जनतालाई मित्रताको सन्देश दिन चाहन्छु, मेयर अनबरले भने–“यसले जनस्तरको सम्वन्ध अझ प्रगाढ बनाउने छ ।” वडाध्यक्षले थापाले पोखरा भ्रमणका लागि दिएको निमन्त्रण स्विकार गर्दै, मेयर अनबरले त्यसलाई सहकार्यको अवसरका रुपमा प्रयोग गर्ने बताए ।

वडाध्यक्ष थापाले यसअघि लण्डन सर्दक काउन्सीलका मेयर सुनिल चोप्राले पनि रोयल ट्रेकको भ्रमण गरेको जानकारी गराउँदा, मेयर अनबरले चोप्रा र आफुबिच पनि घनिष्ट सम्वध रहेको बताएका थिए । त्यस अवसरमा मेयर अनबरले काउन्सीलको बैठक प्रक्रियाका बिषयमा जानकारी गराएका थिए ।

त्यस अवसरमा अध्यक्ष थापाले पोखरा महानगर र वडा नं. २६ मेयर अनवरको स्वागत गर्न आतुर रहेको बताएका थिए । त्यस अवसरमा एभरेष्ट इनका पशुपति भण्डारी लगायतको उपस्थिति रहेको थियो ।