केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै

-


     क्लिक गण्डकी     
     मंसिर १५ गते २०८० मा प्रकाशित


केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश भिड्दै

पोखरा, १५ मंसिर/ पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब आज भिड्दै छन् । आज ११ बजे हुने फाइनल खेलमा दुई टिम आमन्ने सामन्ने हुनेछन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई र आर्मीले बागमती प्रदेशलाई हराएर फाइनलको यात्रा तय गरेका थिए ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमतीलाई ४ विकेटले पराजित गरेको थियो भने मधेशले एपिएफलाई ११ रनले हराएर फाइन प्रबेश गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।