
शव
दैलेख, ११ मंसिर/ दैलेखको नौमूले गाउँपालिका ४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमान्को ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।
गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको प्रहरीको भनाई छ । श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीले प्रहरीलाई बताएका छन् ।
सीतालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।







