
ताला काट्दै
पोखरा, १० मंसिर/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ९ न्यूरोड एक पसलका ताला काट्दै गर्दा एक जनालाई पक्राउ गरेको छ ।
शनिबार राती न्यूरोडको आरके स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको रुपा गाउँ पालिका वडा ६ का १८ बर्षिय बालक रहेको प्रहरीले जानकारी दिएको छ ।
ताला काट्दै गरेको अवस्थामा ताला काट्न प्रयोग गरेको २ थान हेक्सा ब्लेड र १ थान काटेको ताला सहित नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।
कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।







