लायन्स शितलचौतारीको सहयोग

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


लायन्स शितलचौतारीको सहयोग

लायन्स शितलचौतारीको सहयोग

पोखरा, २९ कात्तिक/ लायन्स क्लब अफ पोखरा शितलचौतारीले पर्वतको लाङ्दीमा रहेको लाङ्दी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको अध्यक्ष ललित कुँवरले बताए । उनका अनुसार गाउँको सो विद्यालयमा पढ्ने सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि लाङ्दीमा सो कार्यक्रम आयोजना गरिएको हो ।

क्लबले यसअघि कास्कीकै बह्मरुपा माविमा डस्टबिन वितरण,पोखरा रंगशालामा वृक्षरोपण,पोखरा ३२ मा रहेको दुर्गा मन्दिर निर्माणमा पनि सघाएको छ । आवश्यकता पहिचान गर्दै सहयोगको हात फैलाउन क्लबले कन्जुस्याइँ नगर्ने अध्यक्ष कुँवरले बताए ।



Tags: