
पोखरामा मोटरसाइकल चोरेको आरोपमा एकजना पक्राउ
पोखरा, २९ कात्तिक/ पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा मंगलबार प्रहरीले एकजना पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजार पोखराले पोखरा १३ पाटनबेसी ढल्केपुल बस्ने वर्ष ३३ का अंकेश सुनारलाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनले पोखरा १३ पाटनबेसी उज्वलटोल बस्ने वर्ष ३८ को बखत बहादुर विकले घर अगाडि पार्किङ गरि राखेको ग ९ प २७४३ को मोटरसाईकल चोरी गरेको प्रहरीको आरोप छ ।
मोटरसाईकल चोरी भएको खबर पाउनासाथ सिआरभी भद्रकाली कास्कीबाट खटिएको प्रहरी टोलीले सुनालाई मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





