अभिनेत्री दिपाशा बीसीको निधन

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०८० मा प्रकाशित


दिपाशा बीसी

दिपाशा बीसी

काठमाडौं, २३ कात्तिक/ अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा असहज बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनी बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको अस्पतालले जानकारी दिएको छ । ‘दुलही रानी’ फिल्मबाट २०६८ मा यो क्षेत्रमा प्रबेश गरेकी थिइन् ।

मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।



Tags: