पोखरामा एटिएम तोडफोड गर्ने एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०८० मा प्रकाशित


लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ

एटिएम फोर्ने एक जना पक्राउ

पोखरा, २२ कात्तिक/ पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहार घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो ।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पु¥याएको छ ।

उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



Tags: