पोखरामा ज्ञान योग ध्यान तथा साधना शिविर

-


     क्लिक गण्डकी     
     कार्तिक २१ गते २०८० मा प्रकाशित


पोखरामा ज्ञान योग ध्यान तथा साधना शिविर

पोखरामा ज्ञान योग ध्यान तथा साधना शिविर

पोखरा, २१ कार्तिक/ ज्ञान योग ध्यान तथा साधना शिविर पोखरामा सम्पन्न भएको छ ।

डा योगी विकाशानन्द फाउण्डेशन विश्व परिवार कास्कीको आयोजनामा भएको शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आध्यात्मिक ज्ञानबाट नै संसार बदल्न सकिन्छ भन्ने मनोक्रान्ति अभियान सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

पोखरा २३ मा रहेको फाउण्डेशन आफैमा आध्यात्मिक केन्द्रको रुपमा उदाएकाले त्यहासम्म पुग्ने सडक गन्तव्यलाई छिटो भन्दा छिटो निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । फाउण्डेशनका प्रमुख डा. योगी विकाशानन्दले शरीर र मनलाई स्वस्थ्य बनाउन आत्मबल दरिलो बनाउनुपर्नेमा जोड दिदै त्यसका लागि ज्ञान योग धयन र साधना नै महत्वपूर्ण औषधी रहेको बताए ।

फाउण्डेशनका अध्यक्ष धना पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडेल स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन सल्लाहकार रामचन्द्र पौडेलले गरेका थिए ।

शिविरमा सरकारी तथा गैह्र सरकारी निकाय, महानगरपालिका, गाउँपालिका तथा धार्मिक एवं सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ८०० जनाले सहभागिता जनाएको सचिव कमला पौडेलले बताइन् ।