भारतमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ५ नेपालीको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

सुर्खेत, १७ कात्तिक/ भारतमा सवारी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । नेपाल सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए ।

उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको थियो । सिजनको परिवार रोजगारीका लागि भारतमा बस्ने गरेका थिए ।



Tags: