गण्डकी प्रदेशमा चाडपर्व सुरक्षा योजना, २८ ठाउँमा मापसे चेकिङ

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०८० मा प्रकाशित


पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखरा, २ कात्तिक/ गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडी बढेको छ । दसैँ, तिहार, छठलाई लक्ष्त गरेर गण्डकी प्रदेशका २८ ठाउँमा मापसे चेकिङको व्यवस्था गरको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोश शर्माले जानकारी दिए ।

उनले पोखरा लगातका ठुला सहरहरुमा दुई भन्दा बढि ठाउँ र अन्य जिल्लामा कम्तीमा एक ठाउँमा दैनिक मापसे (मादक पद्धार्थ सेवन) चेकिङको व्यस्था मिलाएको बताए । उनले चार्डपर्वमा बढि मादक पद्धार्थ सेवन बढि हुनेर सवारी दुर्घटना बढि हुने जोखी हुने भन्दै दैनिक चेकिङको व्यवस्था गरेको बताए ।

उनले ५ हजार ८८३ प्रहरीलाई विशेष रुपमा खटाइने प्रदेश प्रहरी कार्यालयका एसपी शर्माको भनाई छ । उनका अनुसार दसैँमा ७८१ जना प्रहरीलाई बिदा दिएको बताए ।

चाडपर्वलाई लक्षित गरेर १ हजार २ सय ९२ ठाउँमा प्रहरी खटाइएको र सहरको तुलनामा ग्रामीण क्षेत्रमा बढी प्रहरी परिचालन भएको शर्माले बताए ।

ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउन सक्ने सम्भावनालाई हेरेर छड्के गस्ती खटाएको पनि उनले बताए ।
प्रदेश भर ४८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको तथा भाडादर निरीक्षणका लागि ४१ वटा टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्गको सवारी आवागमनलाई सहज बनाउन ५१ ठाउँमा नियमित चेकजाँच गरिएको छ भने राजमार्गमा हुने लुटपाटबाट जोगाउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनको भनाई छ ।



Tags: