
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा, २१ असोज/ पोखराको लेकसाइडको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
बिहीबार राति १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको र थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । सन तीन जना चिनियाँ साथीहरु सहित दुई हप्ता अगाडी लेकसाइड आएका थिए ।





