फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८० मा प्रकाशित


फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

फेवातालको ६५ मिटर मापदण्ड सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

पोखरा, १६ असोज/ फेवाताल किनारका स्थानीयले सर्वोच्च आदालतले गरेको फैसला कार्यान्वयन गर्न नदिने बताएका छन् । सोमबार बिहान फेवाताल सम्बन्धी सर्वोच्चको फैसला पीडितहरुको भेलामा स्थानीयले यस्तो बताएका हुन् ।

भेलामा पूर्व जिल्ला विकास समितिका सभापति रमेशबहादुर भट्टराईले न्यायमुर्तिहरुले विवेक गुमाएर गरेको फैसला कार्यानवयन गर्न नदिने बताए । उनले विवेक गुमाएर गरिएको निर्णय हामी कार्यान्वयन गर्न बाध्य नभएको बताए ।

स्थानीय भिमसेन भुजेलले तालको विकासमा आफूहरु प्रतिवद्ध रहेपनि आफ्नो थाकथलोबाटै विस्थापित गराउन नपाइने बताए । आफूहरु गौरीघाटमा परापूर्वकाल देखि बस्दै आएको स्मरण गराउँदै उनले भूमाफिया भनेर चित्रित गरेको मा आक्रोस पोखे ।

राज्यले सुकम्वासीलाई जमिन दिने व्यवस्था गरिरहँदा भएको जमिन समेत खोसेर आफूहरुलाई सुकुम्बासीमा परिणत गराउन नपाउने उनको भनाई छ ।

युवा व्यवसायी नवीन बरालले सर्वोच्च अदालतले संबैधानिक दायरा मिचेर आदेश दिएको टिप्पणी गरे । ताल किनारमा बस्ने आदिवासी र जलारीलाई के हुने भन्ने समेत निक्र्यौल नभएको उनको भनाई छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको मापदण्डको विषयमा आफू स्थानीय जनतासंगै रहेको बताए ।

कुनैपनि राजनीतिक दलले पीडितको पक्षमा नबोलेको भन्दै उनले आफू निर्वाचित पद गएपनि जनताको साथ नछोड्ने बताए । उनले व्यक्तिले ताल नभई तालले व्यक्तिको जग्गा मिचेको उनको भनाई छ ।