
एसियन गेम्ममा आर्चरीः पोखरा योगेन्द्र सहित चारै खेलाडी दोस्रो चरणमा प्रबेश
पोखरा, १५ असोज/ एसियन गेम्समा आर्चरीको पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे ।
चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन र महिला तर्फ इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।
फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे ।







