माल्दिभ्सविरुद्ध नेपालले १५ ओभरमा १३७ रन बनाउदै ४ विकेट गुमायो

-


     क्लिक गण्डकी     
     असाेज १४ गते २०८० मा प्रकाशित


यूएईलाई हराउँदै नेपालको एकदिवसीय मान्यता कायम्

पोखरा, १४ असोज/ नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १३७ रन बनाएको छ । क्रिजमा रोहित पौडेल २० बलमा ३५ रन र गुलशन झा २१ बलमा ३५ रनमा छन् ।

नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए ।

ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए । आसिफ तीब्र गतिका बर नासिर नाइल इस्मालको बलमा क्याच आउट भएका छन् ।

एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । त्यसै गरी सन्दीप जोरा ९ बलमा ५ रन बनाए ।

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । मंगोलियाले दिएको ६१ रनको विजयी लक्ष्य माल्दिभ्सले ६.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालले भने मंगोसियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । २ सय ७३ रनको जित हात पारेको थियो । नेपालको जितमा–११ विश्व कीर्तिमान बनेका थिए ।

टि २० आई इतिहासमा ३ सय रन बनाउने नेपाल पहिलो टोली बनेको थियो । कुशल मल्लले टि २० आई इतिहासकै सर्वाधिक छिटो ३४ बलमा शतक हानेका थिए । ९ बलमै अर्धशतक हानेका दीपेन्द्र सिंह ऐरीले अर्को इतिहास बनाएका थिए ।