
पोखराको रातामाटे डाँडाबाट फेवातालमा कार खस्यो
पोखरा, ७ असोज/ पोखरा महानगरपालिका १८ स्थित रातामाटे डाँडाबाट कार खसेर फेवातालमा पुगेको छ ।
आइतबार बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार फेवातालमा खसेको प्रहरीले जानकारी दिएको छ ।
मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण कार दुर्घटना भएको प्रहरीको भनाई छ । कारलाई क्रेनको प्रयोग गरि निकालिएको प्रहरीले जानकारी दिएको छ ।





