
Top of the World Golf Classic Shyam Tamang defends title
मुस्ताङ, ३० भदौ/ टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन्। मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले१९ अंक सहित उपाधि रक्षा गरे। उनले लिलाजङ्ग गुरूङलाई हराए। लिलाले १८ अंक बनाउदै दोस्रो स्थान प्राप्त गरे।
ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते। उनी ११ अंकमा याम राणा र पीबी राईसंग बराबरी भएपछि विजेताको छिनोफानोकाउन्ट ब्याकमा गरिएको हो। महिलातर्फ जुनी गुरूङले उपाधि जितिन्। उपाधि जित्ने क्रममा जुनीले १५ अंक जोडिन। उनले सुष्मासिंहलाई पराजित गरिन। दोस्रो भएकी सुष्माले १३ अंक बनाइन। सिनितरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए।
प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधब सिम्खडा र मोस्ट बर्डिजकोउपाधि आत्मराम सिम्खडाले जिते। ४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरकोसहभागिता रहेको थियो। विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गीनीज बुक अफ वल्ड रेकर्डमा दर्ज गर्ने प्रक्रियामारहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले बताए। उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फपर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पुग्ने जिकिर गरे। गत वर्ष यो गल्फ कोर्सको उदघाटन भएको हो।
मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्लेअर्चिर्डको सहयोगमा सम्पन्न भएको हो। विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृतबुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्र कुमार कार्की, लो(घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङछोम्पेल बिष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले पुरस्कार वितरण गरे।





