
गण्डकी प्रदेशसभा
पोखरा, ३० भदौ/ गण्डकी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी विधेयक सहित ३ वटा विधेयक शनिबार प्रदेश सभा बैठकमा टेबुल गरेको छ । गण्डकी सरकारले भदौ २२ मा संसद सचिवालयमा आमसञ्चार विधेयक दर्ता गरेको थियो ।
आमसञ्चारसम्बन्धी विद्ययेक कृषि तथा भुमि व्यवस्था मन्त्री मेहन्द्रध्वज जिसीले ससंदमा टेबुल गरेका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तर्फबाट जिसीले टेबुल गरेका हुन् ।
प्रदेश सरकारले आमसञ्चार विद्येयक पूर्ण स्वतन्त्रता मैत्री बनाइएको बताएको छ । यसअघि सरकारले विद्येयक संसदमा पेस गरेर समितिमा छलफल गरे पनि चौतर्फी आलोचना भएपछि अघि बढेको थिएन । थप संशोधन सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले विद्येयक अघि बढाएको हो ।
त्यसै गरी जिसीले नै बिऊ बिजन सम्बन्धी विधेयक टेबुल गरेका छन् । त्यसै गरी अर्थ तथा विकास समितिका जेष्ठ सदस्य भोजराज अर्यालले गण्डकी प्रदेश भित्रको वनलाई नियमन र व्यवस्थापन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेका छन् ।





