सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

-


     क्लिक गण्डकी     
     भाद्र २६ गते २०८० मा प्रकाशित


सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं, २६ भदौ/ सरकारले सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ गर्ने निर्णय गरेका पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए ।

अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय समेत सरकारले गरेको छ । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए । पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।

०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ ।