
सुलभ उपभोक्ता सहकारीको अध्यक्षमा पुर्न गोपी भट्टराई
पोखरा, २२ भदौ/ सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन गोपीबहादुर भट्टराई चयन भएका छन् । शुक्रबार भएको सहकारीको १४ साधारणसभाले भट्टराईको अध्यक्षमा नौ सदस्य नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विप्लव पौडेल, सचिबमा चौबहादुर गुरुङ, कोषाध्यक्षमा बलराम पहारी चयन भएका छन् । त्यसै गरी समितिको सदस्यमा भरतराज पराजुली, दोर्जे लामा, गणेश पहारी, शुनिल भट्टराई र नरेश भट्टराई छन् ।
त्यसै गरी लेखा समिति संयोजकमा विश्वराज पौडेल, सदस्यमा श्रीकृष्ण श्रेष्ठ र खिम बहादुर ढकाल चयन भएका छन् । सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले पोखराको लेकसाईडको जरेवमा सुलभ डिपार्टमेण्टल स्टोर्स सञ्चालन गर्दै आएको छ ।
साधारण सभाले अध्यक्ष गोपीबहादुर भट्टराई, सचिब चौबहादुर गुरुङ र कोषाध्यक्ष बलराम पहारीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन पास गरेको छ ।





