लोमान्थाङमा भदौ अन्तिममा गल्फ प्रतियोगिता

-


     क्लिक गण्डकी     
     भाद्र २० गते २०८० मा प्रकाशित


लोमान्थाङमा भदौ अन्तिममा गल्फ प्रतियोगिता

लोमान्थाङमा भदौ अन्तिममा गल्फ प्रतियोगिता

पोखरा, २० भदौ/ मुस्ताङको लोमान्थाङमा भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ ।

लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो ।

९ होलको कोर्षमा नेपालका ४० भन्दा बढि गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्ने छन् । ७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने आयोजक समितिका संयोजक इनद्रधारा विष्टले जानकारी दिए । गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।

लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनको दावी छ । उनले यो गल्फ कोर्षलाई विश्वको उच्च स्थानमा भएको गल्फ कोर्षका रुपमा दर्ज प्रक्रियामा रहेको बताए ।

गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन् । लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग गरेको उनले बताए ।

प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन् ।