२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

-


     क्लिक गण्डकी     
     भाद्र १२ गते २०८० मा प्रकाशित


२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

२२ औं आहारारा पोखरा गोल्डकपबाट ३ लाख बचत

पोखरा, १२ भदौ/ सहारा क्बल पोखरा आयोजना गरेको २२ औ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट ३ लाख बचत भएको छ ।

सहारा क्लबको आयोजनामा गत पुष १४ देखि २३ गतेसम्म भएको आहारारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको मंगलबार पक्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्ड कपमा ९४ लाख ६५ हजार ६ सय २६ रुपैंयाँ आन्दानी हुँदा ९१ लाख ४६ हजार ९ सय ६९ खर्च भएको प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जनानकारी दिए ।

प्रतियोगतामा प्रायोजनबाट ६४ लाख ५८ हजार, प्रवेश टिकटबाट १७ लाख ८६ हजार आम्दानी भएको गुरुङले बताए । गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको थियो ।

सहारा क्लबका अध्यक्ष हरिराज गुरुङले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ स्तररिय टिम ल्याउने बताए । बचत रकम सहारा क्लबले पोखराको दोविल्लामा सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङले बताए ।

कठिन परिस्थिति र अनाथ गरी ११ जना बालकहरुको शिक्षा, लालनपालन क्लबले गर्दै आएको छ । २२ औं संस्करणमा १० टिम सहभागी भएकोमा संकट क्लब विजेता भएको थियो भुटनीज क्लब उपविजेता बनेको थियो ।



Tags: