ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत

-


     क्लिक गण्डकी     
     भाद्र ९ गते २०८० मा प्रकाशित


ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत

ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत

पोखरा, ९ भदौ/ ऋषिलीला पत्रकारिता पुरस्कारबाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेन् । पोखरा वृद्धाश्रमबाट सञ्चालित पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ ।

लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन् ।

कार्यक्रममा संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गर्नु पर्नेमा जोड्दिए । सांसद भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्नेमा जोड दिइन् । उनले ज्येष्ठ नागरिकप्रति पहिलो दायित्व परिवार र दोस्रो दायित्व राज्यको भएको औंल्याइन् ।

प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उनीहरुले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताए ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तर रुपमा लागेको सुनाए । ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले सुनाए ।

पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गाैला लगायतका रोगको उपचारका लागि सहयोग पुु¥याउन छोरा ध्रुवको स्मृतिमा १ लाखको स्वास्थ्य कोष स्थापनार्थ सो रकमको चेक हस्तान्तरण गरे ।



Tags: