
‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई
पोखरा, ८ भदौ/ पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुवहादुर भट्टराईले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा शुक्रबार सम्बोधन गर्दै देशमा आर्थिक संकट बढ्दै गएको बताए । नेपालले संघियता धान्न नसक्ने बताउदै प्रदेश सरकार खारेज गर्नु पर्ने बताए ।
अध्यक्ष भट्टराईले लेकसाइडमा घर भाडा र सटर भाडा घटाउनु पर्ने बताए । पर्यटक नआएपछि व्यापार घटेका कारण सटरहरु खाली हुनबाट जोगाउन भाडा घटाउनु पर्ने बताए । उनले भाडा घटाउनका लागि आफ्ना भट्टराई दाजुभाईलाई शुरुवात गर्न पनि सुझाब दिए । भोली खाली खाली हुनु भन्दा भाडा घटाएर भएपनि व्यवसायीलाई टिकाउनु पर्ने बताए ।
साधारणसभामा रेवान केन्द्रका अध्यक्ष अरनीकोराज भण्डारी, रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोखरेल, पोखरा पर्यटन परिषदका उपाध्यक्ष कृष्ण भण्डारी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, लगायतले शुभकामना दिए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाको प्रथम उपाध्यक्ष विश्व राज पौडेलले राखेका थिए ।
सभामा रेबान पोखराको कार्य नीति विवरण तथा प्रतिवेदन आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण एवं २०८०/०८१ को प्रस्तावित कार्यक्रमहरु रेवान पोखराका महासचिव विकास भट्टराईले प्रस्तुत गरेका थिए । कार्यक्रममा पर्यटकीय नगरी पोखरामा रेष्टुरेण्ट तथा वारहरुको व्यावसायिक हकहित संरक्षण, प्रवद्र्धन तथा सम्वद्र्धनको लक्ष्यसहित रेवान पोखरा स्थापना भएको हो ।







