
सुमन थपलिया
भदौ, २ /पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको छ । एसपी थपलियाको निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
उनको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । शनिबार बिहान ११ः०५ मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए ।
कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस भएका थिए । त्यसपछि उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।







