
पहिरो
पोखरा, ३२ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा गएरातिको वर्षाका कारण पहिरो जाँदा घर र गोठ भत्कीएको छ । ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ सहित बहिरो सगँ बगेका छन् ।
एउटा बेड रुप हो भने एउटा किचन हो । पहिरोका कारण बेड रुपमा भएका दराज, खाट र किचनमा भएका सबै भाँडा पहिरोमा परेको बलराम पौडेलले जानकारी दिए ।
पहिरोका कारण ठुलाखेतबाट घाटिछिना जाने सडक अवरुद्ध भएको पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य चेतनाथ क्षेत्रीले जानकारी दिए ।
अहिले पहिरोमा परेका सामानहरु निकाल्ने र बाटो खुलाउने प्रयास भैरहेको उनको भनाई छ । त्यसै गरी पोखरा २३ हर्पनमा कर्णबहादुर भट्टराईको गोठ पहिराले पुरेको छ ।





