फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा

-


     क्लिक गण्डकी     
     श्रावण ३१ गते २०८० मा प्रकाशित


फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा

पोखरा, ३१ साउन/ फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो ।

पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ । सिमाङ्कन कार्यको नेतृत्व गरिरहनु भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी पिल्लरहरु खोलाको दायाँबायाँ गाडिएका छन् । अब खोलाको ५०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको तयारी छ ।

उनका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।
अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्के खोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनहरू सहित ४० जना परिचालित छन् ।



Tags: