
कास्की प्रशासनले भन्यो ग्यास १६६० मा विक्रि गर्न पर्ने, बढि लिने र भ्याट बिल नदिएमा कार्वाही
पोखरा, ३१ साउन/ जिल्ला प्रशासन कार्यालय कास्कीले एलपि ग्यास १६ सय ६० मा विक्रि गर्न निर्देशन दिएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल आयल निगमले एलपि ग्यासको मुल्य घटाए पछि पनि क्रिकेताले नघटाएको भन्दै घटेको मुल्यमा विक्रि नगरे कार्वाही गर्ने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ कास्की जिल्लामा शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगायत विभिन्न कम्पनीका एलपी ग्यासहरु खाना पकाउने तथा दैनिक उपभोगमा आईरहेको व्यहोरा सर्व विदितै छ ।
सो सम्बन्धमा नागरिकको दैनिक जिवनमा प्रत्यक्ष सरोकार राख्ने एलपी ग्यासको विक्री वितरणका सम्बन्धमा यस कार्यालयमा प्रत्यक्ष वा परोक्ष रुपमा विभिन्न जनगुनासाहरु प्राप्त भई रहेको सन्दर्भमा नेपाल आयल निगम लिमिटेडको समायोजित मूल्य सूचि अनुरुप (डिलरबाट विक्री मूल्य १६१६ तथा कम्पनीले उपलब्ध गराएको अनलाईन भ्याट बिल जारी गरी रु १६६० खुद्रा मुल्यमा) विक्री वितरण गरी ग्यास विक्री वितरणलाई थप प्रभावकारी तथा सहज बनाई उपभोक्ता हित संरक्षण गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
नियमित बजार अनुगमनका क्रममा अनलाईन भ्याट विल जारी नभएको र प्रचलित कानून विपरित कार्य भएको देखिएमा स्वयम् विक्री वितरण गर्ने फर्म वा व्यक्ति वा कम्पनी जिम्मेवार हुनुपर्ने साथै प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।





