
पोखरामा स्कूल हिडेका ३ जना बालिका हराए
पोखरा, २९ साउन/ पोखराबाट एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । साउन १९ गते विद्यालय जान्छु भनी घरबाट हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएको प्रहरीले जानकारी दिएको छ ।
बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १४ वर्षीया राधिका परियार र १३ वर्षीया एलिसा परियार सम्पर्क विहिन भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निबेदन दिएका छन् ।
बेपत्ता भएकाहरुको खोजी भएपनि अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । परिवारका अनुसार उनीहरु हराउँदा बखत तिनै जना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए ।





