पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८० मा प्रकाशित


पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजन हरु भिड तस्बिरः सञ्जय शाक्य

पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजन हरु भिड तस्बिरः सञ्जय शाक्य

पोखरा, २९ साउन/ पोखरामा साउनको सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, पुम्दिको विशाल शिव मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् ।

पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि मन्दिर पुगेका छन् । पोखरामा केदारेश्वर र पुम्दीभुम्दीको शिव मन्दिरमा ठुलो भिड् थियो।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखरामा बोलबम शिवपथ जलयात्रामा गर्दै आएको छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगे ।

गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण पुजा सगै जलापर्ण गर्ने गर्दछन् ।

साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

तस्बिरः सञ्जय शाक्य